२० मंसिर २०७९, मंगलवार

Dec 6, 2022

रसुवा । उत्तरी रसुवामा पहिलोपटक परीक्षण गरिएको च्याउखेतीले सफलता दिएसँगै व्यावसायिक उत्पादन शुरू भएको छ । स्थानीय बासिन्दाका साथै लाङ्टाङ एवं तामाङ सम्पदा मार्गको पर्यटकीय क्षेत्रमा समेत निरन्तर आपूर्ति गर्ने लक्ष्यका साथ प्रथमपटक ५० वटा थैलोमा च्याउको बिजारोपण गरिएको हो । रोपणका लागि अन्य ४०० थैलो तयार पार्ने काम भइरहेको छ । च्याउ खानका लागि एकदेखि डेढ महिनासम्ममा तयार हुने कृषि प्राविधिकले बताएका छन् । परम्परागतरूपले उपभोग गर्दै आएका जङ्गली च्याउ लोप हुँदै गएको अवस्थामा घरेलु च्याउले माग आपूर्तिमा सहज ल्याउने अपेक्षा गरिएको छ ।

समुद्र सहतदेखि एक हजार ९०० मिटर उचाइ धुञ्चेगाउँ र इमरूङबीच बुद्ध स्तूपको माथिल्ला भागमा उत्पादन कार्य अगाडि बढेको हो । एपिएग्रो नामक व्यावसायिक फार्ममार्फत च्याउखेती शुरू भएको छ । सो फार्मले मासुका लागि कुखुरापालन, ताजा अण्डा उत्पादनका साथै तरकारी खेतीजस्ता विविध उत्पादनमूलक कार्यका लागि पूर्वाधार निर्माण गरी रोपण तथा व्यवस्थापनको काम अगाडि बढाइसकेको छ ।

फार्मका प्रबन्ध सञ्चालक प्रमोदकुमार तितुङका अनुसार कृषि प्राविधिकको परामर्शमा किसानलाई व्यवसायको नमूना देखाई आयआर्जनको जागरणमा सहयोग पुर्याउने अभिप्रायले नमूना कृषि फार्मका रूपमा विकसित गर्न लागिएको हो । पूर्वाधार निर्माणका लागि खर्च भएको रु ८५ लाखमध्ये कृषि ज्ञान केन्द्रले रु २५ लाख अनुदान सहयोग प्रदान गरेको छ । फार्मभित्र खसी तथा बोकापालन गर्ने गृहकार्यसमेत अगाडि बढिरहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि भाइलाई पत्नी जुटाउन यी दिदीले १२ वर्षदेखि गर्दैछिन् पैसाको जोहो अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती, नियमक निकाय मूकदर्शक सुपरमादीको आईपीओ खुल्यो, पुस ५ सम्म भर्न पाइने रोनाल्डो किन्‍न साउदी क्लब तयार सिम्रिकसँग हेलिकोप्टर किनेको हेली एभरेष्टले माग्यो ६ जना पाइलट अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु नेपाली अर्थतन्त्रको उल्टो यात्रा गृहमन्त्रीको चेतावनीलाई टेरेनन् मुख्यमन्त्रीले, बुटवलबाट रातारात मन्त्रालय दाङ देशभर चिसो बढ्यो, तराईमा साझ विहान हुस्सु वायु प्रदूषणः चीनमा हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु महाकालीको समस्या समाधानका लागि नेपालले आज कूटनीतिक नोट पठाउँदै नयाँ सांसद पनि भाडाकै भवनमा किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी