ताजा अपडेट »

पत्रकार पन्तको ‘त्रिवेणीदेखि तिलौराकोट सम्मका चराहरु’

विहीबार, ०७ साउन २०७८, २२ : १७
4 Shares


बुटवल । रुपन्देहीका वरिष्ठ पत्रकार चेतन पन्तले तयार गरेको ‘त्रिवेणीदेखि तिलौराकोटसम्मका चराहरु’ नामक वृत्तचित्र सार्वजनिक भएको छ । नेपाल पर्यटन पत्रकार महासंघ नेफ्टोज लुम्बिनी प्रदेशको आयोजनामा बिहीबार बुटवलमा एक कार्यक्रमकाबीच उक्त वृत्तचित्र सार्वजनिक गरिएको हो

वृत्तचित्रमा नवपरासीको त्रिवेणीदेखि कपिलबस्तुको तिलौराकोट सम्म पाइएका करिब ४ सय प्रजातिका चराहरु बारे देखाइएको छ । वृत्त चित्रले लुम्बिनी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै यसक्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउनका लागि वृत्तचित्र उपयोगी रहने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटन पत्रकार महासंघ नेफ्टोज लुम्बिनी प्रदेशका अध्यक्ष भुवन कार्कीको अध्यक्षतामा भएको वृत्तचित्र सार्वजनिक कार्यक्रममा पर्यटन ब्यवसायीहरु माधव नेपाल,समुन्द्र जिसी,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,बुटवल उद्योग बाणिज्य संघका महासचिव बिमलराज भट्टराई,रुपन्देही उद्योग संघका माधब पौडेल,पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसी, बरिष्ठ पत्रकार तथा वृत्तचित्रका लेखक तथा निर्देशक चेतन पन्त,पत्रकार मिना ढकाल लगाएतले लुम्बिनीको पर्यटनको सम्भावनाको चर्चा गर्दै वृत्तचित्रले थप सहयोग गर्ने बताए ।

पत्रकार पन्त पर्यटनमा विशेष रुचि राख्दछन् । उनले लामो समयको लकडाउनको सदुपयोग गर्दै नवलपरासी,रुपन्देही र कपिलबस्तुमा पाइने चराहरुको बारेमा नेपाली र अंग्रेजी दुबै भाषामा वृत्तचित्र तयार गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।