ताजा अपडेट »

महामारीमा पनि बुटवल उपमहानगरलाई राजश्व संकलनमा सफलता

विहीबार, ०७ साउन २०७८, १८ : २१
8 Shares
विहीबार, ०७ साउन २०७८
8 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना महामारीका बीच पनि आन्तरिक राजश्व परिचालनमा सकारत्मक सफलता प्राप्त गरेको छ । उपमहानगरले आर्थिक वर्ष २०७७/७८ मा राजश्व संकलनमा उल्लेख्य प्रगति गर्न सफल भएको हो । विश्वव्यापी कोरोना महामारीका बीच पनि उपमहानगरको आन्तरिक श्रोत अन्तरगत राजश्व संकलनको लक्ष्य १०७ दशमलव ४ प्रतिशत पूरा गर्न सफल भएको छ ।

उपमहानगरका योजना शाखा प्रमुख विष्णु खनालका अनुसार एक वर्षको अवधिमा ५० करोड ४९ लाख राश्व संकलन भएको छ । गत वर्ष उपमहानगरमा ४७ करोड १ लाख राजश्व संकलन भएको थियो । यसैगरी गत आर्थिक वर्षमा ऋणबाट राजश्व स्वरुप प्राप्त १ करोड ५० लाख र अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा शंकलित ४८ करोड ६३ लाख गरी कूल ९२ करोड ११ लाख राजश्व जम्मा गर्न सफल भएको हो ।

बुटवल उपमहानगरले गत आर्थिक वर्ष २०७७/७८ मा ६८ दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको छ । गत वर्ष कोरोना महामारीले रोकिएका योजनाहरुलाई कार्यान्वयन र सम्पन्न गर्ने कुरालाई प्राथमिकतामा राखेको उपमहानगरले यो वर्ष पूँजीगत तर्फ ६३ दशमलव ७३ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको हो । कोरोना महामारीले प्रभावित बनेको गत वर्ष ५६ दशमलव १९ प्रतिश लक्ष्य हासिल गरेको थियो । यसैगरी पूँजीगत तर्फको वित्तीय प्रगतिमा समेत गत वर्षको तुलनामा बढी सफलता प्राप्त गरेको छ । उपमहानगरले यो वर्ष ७५ दशमलव ६३ प्रतिशत लक्ष्य प्राप्त गरेको छ भने गत अघिल्लो आर्थिक वर्षमा ६७ दशमलव ३३ प्रतिशत लक्ष्य प्राप्त गरेको थियो ।

महामारीमा पनि कमी आएन घर-जग्गा कारोबार
विश्वव्यापी कोरोना महामारीले जनजीवन अस्त व्यस्थ र आर्थिक क्रियाकलापहरुमा समेत प्रभाव देखिएको समयमा पनि घर–जग्गा कारोबारमा भने काम आएको छैन । उपमहानगरले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा उल्लेख गरेको तथ्याङ्क अनुसार महामारीले घर जग्गा कारोबारलाई कुने प्रभाव पारेको देखिएन ।

बुटवल उपमहानगरमा अघिल्लो आर्थिक वर्ष घर जग्गा रजिष्टेशन दस्तुर बापत १२ करोड ८४ राजश्व संकलन गर्न सफल भएको थियो भने गएको आर्थिक वर्ष २०७७/७८ मा वृद्धि भई १६ करोड २० लाख राजश्व संकलन भएको छ । राजश्व संकलनमा मूख्य श्रोत नै घरजग्गा कारोबार देखिएको छ । यसैगरी उपमहानगरले यो वर्ष मूल्य अभिवृद्धि कर बापत १५ करोड ७ लाख, सवारी साधनबाट ३ करोड ९ लाख, विज्ञापनबाट १६ लाख, बन रोयल्टीबाट २१ लाख तथा विद्युत सम्बन्धि रोयल्टी २ लाख गरी कुलन ३४ करोड ७५ लाख राजश्व प्राप्त गर्न सफल भएको छ । यो राश्व उपमहानगरले प्रदेश सरकारसँग बाँडफाँड गर्नु पर्ने हुन्छ ।

घर बहाल सम्झौताको म्याद एक वर्ष थप
विश्व व्यापी कोरोना महामारीको प्रभावलाई मध्यनजर गरी बुटवल उपमहानगरले घर बहाल सम्झौताको म्याद एक वर्षका लागि थप गरेको छ । महामारीले सम्पूर्ण आर्थिक क्षेत्र धरासयी भएको अवस्थामा राहत स्वरुप २०७८ असार मसान्तसम्म म्याद समाप्त भएको घर बहाल सम्झौताहरुमा एक वर्ष समय थप गरेको हो । यसैगरी सो अवधिसम्म हरेक वर्ष भाडादरमा नियमित वृद्धि हुँदै आए पनि यो वर्ष वृद्धि नहुने भएको छ । गत वर्षकै मूल्यको आधारमा भाडा उठाउने गरी २०८९ असार मसान्तसम्म पुरानै सम्झौता अनुसार बहालमा रहन पाउने व्यवस्था गरिएको बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।