१५ मंसिर २०७९, बिहीबार

Dec 1, 2022

काठमाडौँ । शेयर कारोवार हुने साताको अन्तिम दिन आज कारोवार मापक नेप्से परिसूचक तीन हजार बिन्दुपार गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.७५ बिन्दुले बढेर तीन हजार ४.३१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०६ बिन्दुले बढेर ५६२.२४ मा पुगेको छ । कूल २२२ कम्पनीको पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर रु ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ बराबरको कारोवार भएको छ । बिहिबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ बराबर पुगेको छ ।

Advertisement

नेप्सेका अनुसार कारोवार भएका १३ उपसमूह मध्ये आठ उपसमूहको शेयर ओरालो लाग्दा पाँच उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ३५।६४, जलविद्युत् २६.६, वित्त ३८.२५, निर्जीवन बीमा ३८.७ र सामूहिक लगानी कोष ०.९२ बिन्दुले बढेको छ । यस्तै, व्यापार ८२.४६, होटल तथा पर्यटन १५.२३, विकास बैंक १५.९३, उत्पादन २१.६५, अन्य ११.४१, लघुवित्त १२.७३, जीवन बीमा ३८.७९ र लगानी ०.३ बिन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा आज कृषि विकाास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४६ करोड २७ लाख ६४ हजार ६४० बराबरको कारोवार भयो । यस्तै, नेपाल बैंक रु ३६ करोड पाँच लाख ८० हजार ७२८, एनआइसि एशिया बैंक रु ३६ करोड चार लाख ४८ हजार ४४६, ङादी ग्रुप अफ पावर रु ३४ करोड ३४ लाख ५१ हजार ७०० र सिद्धार्थ बैंक रु ३२ करोड आठ लाख ५२ हजार ७२८ बराबरको कारोवार भई शीर्ष स्थानमा छ ।

लक्ष्मी उन्नती कोष १०।०४, सिइडिबी आइड्रोपावर १०, ङादी ग्रुप अफ पावर १०, पोखरा फाइनान्स ९।९५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाएका छन् । यस्तै, हिमालयन पावर पार्टनर ४.०७, बरुण हाइड्रोपावर ३.९३, विशाल बजार कम्पनी ३.१०, सारथी नेपाल लघुवित्त २.८४ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.८३ प्रतिशतले गुमाए ।

प्रतिकृया दिनुहोस्

Flash News

अब उनले मेरो फोन कहिल्यई उठाउने छैनन् ! सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका