ताजा अपडेट »

थप २७१४ जनामा संक्रमण, २४ जनाको मृत्यु

विहीबार, ०७ साउन २०७८, १७ : १५
2 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा २७१४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १८५५ र एन्टिजेन विधिबाट ८५९ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ७४ हजार ७२६ र एन्टिजेनबाट ५२ हजार ४४३ जना पुगेको छ । यस्तै, आज थप १२८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० जना पुगेको छ । निको हुनेको दर ९४।५ प्रतिशत छ ।

आज संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ६६१ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।