१६ असार २०७९, बिहीबार

Jun 30, 2022

गण्डकी । कोरोनाका कारण देशका अधिकांश आयोजनासँगै विकास निर्माणमा पनि असर परेको अवस्थामा पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा जनस्तरबाट विशाल महादेवको मूर्ति निर्माण गरिएको छ । गन्तव्य सूचीमा सूचीकृत धार्मिक एवं ऐतिहासिकस्थल पुम्दीकोटमा यतिखेर ५१ फिट उचाइको महादेवको मूर्ति स्थापना गरिएसँगै सो स्थानमा आन्तरिक पर्यटक पुग्ने क्रमले गति लिएको छ ।

Advertisement

पछिल्ला दिनमा निषेधाज्ञा खुकुलो बन्दै गएपछि आन्तरिक पर्यटकको चाप बढ्न थालेकाले आगामी दिन यो स्थल यस क्षेत्रको महत्वपूर्ण गन्तव्यस्थल बन्ने पोखरा महानगरपालिका–२२ का वडासदस्य मातृका बरालले बताए । “कोरोनाको डर हुँदा पनि सबैको साथ र सहयोगमा निर्माण कार्यले निरन्तरता पाउँदा महादेवको मूर्ति राख्न सम्भव भएको छ”, उनले भने, “मूर्ति स्थापना गरिए पनि लक्ष्यअनुसारका सबै काम सम्पन्न गर्न अझै केही समय लाग्नेछ । पुम्दीकोट कोट विकास समितिको सक्रियतामा रु ४० करोडको लागतमा मूर्ति स्थापना गरिएको उनले जानकारी दिए ।

समितिले १०५ फिटको उठेको स्वरुपको महादेवको मूर्ति राख्ने लक्ष्य लिएकामा नागरिक उड्डयन प्राधिकरणको सल्लाहमा बसेको स्वरुपको ५१ फिट उचाइको मूर्ति जडान गरिएकोे हो । समितिका अध्यक्ष एवं निर्माण समितिका संयोजक चन्द्रकान्त बरालका अनुसार पुम्दीकोटका प्रचुर पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै विशाल महादेवको मूर्ति निर्माणका लागि अभियान थालिएको थियो । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यकासहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो ।

समितिले बृहत् गुरुयोजना तयार गर्दै त्यसअनुरुप काम अघि बढाएको थियो । लक्षित योजनाअनुसार कोरोना कहरबीच पनि कामले गति लिएको बताउँदै संयोजक बरालले यसबीचमा महादेवको मूर्ति स्थापना गरिएको जानकारी दिए । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन र गुरु महाराज आश्रम पनि निर्माण भइसकेका छन् ।

समितिले गुरुयोजनाअनुसार आगामी दिन शान्ति आश्रम, सुमेरु पर्वत, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य लिएको छ । त्यस्तै शिवलीला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर आदि पनि निर्माण गरिने जनाइएको छ । त्यस्तै मूर्ति परिसरमा गणेश, मनोरेल, १०८ धारा, पाँच फिट अग्लो शिवलिङ्ग स्थापना गरिने संयोजक बरालले जानकारी दिए ।

“कोरोनाका बाबजुद पनि सजगता अपनाइ दैनिक २०–२५ जनाले निरन्तर काम गरेका कारण मूर्ति राख्न सम्भव भएको हो”, उनले भने, “असार र साउन महिनामा भने लगातारको वर्षाका कारण काम रोक्नुपरेको थियो ।” गुरुयोजनाअनुसार सबै काम सम्पन्न गर्न रु ४० करोड लाग्ने अनुमान गरिएकामा उक्त लागत बढ्ने देखिएको छ । हालसम्मका काम सम्पन्न गर्न लगभग रु २० करोड खर्च भइसकेको संयोजक बरालले जानकारी दिए ।

फेवाताल सहितको पोखराबजार, अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमशृङ्खला एकसाथ देख्न सकिने पुम्दीकोटमा महादेवको मूर्ति स्थापना गरिएसँगै बजारका विभिन्न स्थानबाट माछापुच्छ्रेको काखैमा महादेव ध्यानमग्न भएजस्तो देखिएको समितिका सहसचिव प्रकाश बरालको चचा थियोे । कोरोनाका कारण आगामी दिनमा निषेधाज्ञा गर्न नपरे असोज महिनामा पहिलो चरणको काम सम्पन्न गरी उद्घाटन कार्यक्रम गर्ने सोचमा रहेको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोडभन्दा बढी रकम, कुन प्रदेशमा कति ? केपी ओली र वामदेव गौतमबीच भेटवार्ता पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु प्रजातन्त्र होइन गठबन्धनतन्त्र ! सर्वोत्तम लिटोको प्याकेटमा कीरा कसरी लाग्छ हैजा ? यी हुन् लक्षण र रोकथामका उपाय सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो दक्षिण कोरियामा २०२३ का लागि श्रमिकको तलब ५ प्रतिशतले वृद्धि सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने समय थप ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द रुपन्देहीको सैनामैनाका एक युवा मृत अवस्थामा फेला फुटबलर भरत र नवयुग एनएसी प्रतियोगिता खेल्न अमेरिका प्रस्थान डाइभर्सन निर्माणपछि खुल्यो पूर्व–पश्चिम राजमार्ग, कस्ताे छ अन्य सडककाे अवस्था ? मध्यअसारसम्म लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं आज पनि देशभर वर्षाको सम्भावना श्रीमान १० वर्ष वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव रोटरी क्लब भैरहवाद्वारा तिलोत्तमास्थित विद्यापिठका विद्यार्थीलाई कम्प्युटर तथा झोला वितरण एमाले निकट युवा संघको धान राेपाइँमा कुटाकुट बुटवलमा जंगली च्याउ खाँदा ६ जना बिरामी, अवस्था गम्भीर