१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

महेन्द्रनगर । धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ । कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मलखाद उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान मलखादका लागि आउने गरेका भए पनि रित्तै फर्काउनु परेको जानकारी दिए ।

Advertisement

“मात्रै मलखाद चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्नसमेत पछि पर्दैनन्”, कार्यालय प्रमुख शाहले भने, “माथिबाटै थोरै मलखाद आउँछ, सबैतिर दिँदासमेत पुग्दैन ।” उनले यहाँका नौ वटै पालिकामा मल आपूर्ति समिति रहेको उल्लेख गर्दै स्थानीय समितिले सहकारीमार्फत वितरण गर्ने जानकारी दिए ।

शाहका अनुसार हाल ८३ मेट्रिक टन युरिया मौज्दात रहे पनि अपुग छ । यहाँ मलखाद भारतबाट अवैध रुपमा आयात गरेर महँगोमा बिक्री गर्ने गरेको किसानको दुखेसो छ । यहाँको बेदकोट नगरपालिका–९ सुन्दरपुरका सञ्जय रानाले मलखादका लागि पटकपटक कृषि सामग्रीमा धाउदा पनि नपाएको पीडा सुनाए ।

“भारतबाट ल्याउ प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्छ”, रानाले भने, “यहाँ सरकारीले पनि मनमर्जी दररेटमा मलखाद बिक्री गर्दैछन् ।” कृषि सामग्रीले मलखाद अनुदानमा बिक्रीवितरण गरिरहेको भए पनि यहाँ लामो समयदेखि मलखादको अभाव हुैँदै आएको छ । यस वर्ष धानखेतीको समयमा कृषिबाट एक हजार ३५ मेट्रिक टन युरिया, एक हजार १८६ मेट्रिक टन डिएपी र ४३।६ मेट्रिक टन पोटास बिक्री भएको कार्यालय प्रमुख शाहले बताए । बेदकोटस्थित इन्दे्र्रणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्टले पहिलो चरणमा सहकारीमा ४३ बोरा युरिया आए पनि सकिएको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

अब उनले मेरो फोन कहिल्यई उठाउने छैनन् ! सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका