ताजा अपडेट »

आज पनि घट्यो सुनको भाउ

विहीबार, ०७ साउन २०७८, १२ : १५
6 Shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बिहीबार तोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३ सय रुपैयाँ रहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।