ताजा अपडेट »

जसपाको विवाद टुंग्याउन आयोगको इजलास बस्दै

विहीबार, ०७ साउन २०७८, ११ : ४१
6 Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद टुंग्याउन आज निर्वाचन आयोगको इजलास बस्न लागेको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वको इजलासले आइतबार दलको विवादमा प्रारम्भिक सुनुवाइ गर्दै मुद्धालाई हेर्दाहेर्दैमा राखेको थियो । इजलासमा प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयुक्तहरू ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, जानकी तुलाधर र सगुन समशेर जवरा छन् । इजलासले दुवै पक्षलाई आवश्यक सक्कल कागजात मगाएको छ ।  

बहुमतका आधारमा आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने सम्भावना बढी छ । जसपाको संघीय संसदीय दलमा ३४ जना सांसद छन् भने प्रतिनिधिसभामा ३२ जना छन् । जसमा अध्यक्ष यादव पक्षको बहुमत देखिएको छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कम्तिमा ५ जना सांसद यादव पक्षमा लागेका छन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारमा ठाकुर पक्ष सहभागी भएपछि जसपा फुटको संघारमा पुगेको हो । त्यसपछि यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । ठाकुर पक्षले पनि निवेदन दिएपछि आयोगले आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि खुवै पक्षलाई बोलाएको थियो ।

तर जसपाका दुवै पक्ष सहमत नभएपछि आयोगले कानुनी प्रक्रियामार्फत विवाद निरुपणका लागि इजलास गठन गरेको हो । इजलास गठन भएको ४५ दिनभित्र विवाद निरुपण गरिसक्नुपर्ने कानुनी प्रावधान छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।