ताजा अपडेट »

उद्योगी व्यवसायीलाई खोपको व्यवस्था गर्न आग्रह

विहीबार, ०७ साउन २०७८, १० : ५२
12 Shares

तिलोत्तमा।तिलोत्तमा चेम्बर अफ कमर्शले उद्योगी, व्यवसायी एवं श्रमिकहरुलाई खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको छ।तिलोत्तमा चेम्वर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसालको एक टोलीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग भेट गरी उद्योगी, व्यवसायीहरु एवं श्रमिकहरुलाई खोप लगाउने व्यवस्था मिलाउन आग्रह गर्दै पत्र बुझाएको हो ।

निषेधाज्ञा चलिरहेको अवस्थामा चेम्बरले विभिन्न सहयोग गर्दै आएको समेत अध्यक्ष भुसालले जानकारी गराएका थिए ।प्रमुख जिल्ला अधिकारी तामाङले चेम्बरले गरेको असल कार्यहरुप्रति धन्यवाद दिदै सम्पूर्ण उद्योगी व्यवसायी एवं श्रमिकहरुलाई छिटो भन्दा छिटो खोप लगाउने व्यवस्था मिलाउने आश्वासन दिएको संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।