ताजा अपडेट »

मिडटाउन बुटवलको अध्यक्षमा ढुंगाना, ३ पत्रकार सम्मानित

बुधबार, ०६ साउन २०७८, २० : ३६
28 Shares

बुटवल। इनरह्वील क्लव अफ मिडटाउन बुटवलमा बर्ष २०२१-०२२ का लागि सरस्वती ढुंगानाको नेतृत्वमा नया कार्यसमिति चयन भएको छ। बुधबार बुटवलमा एक कार्यक्रमका बिचमा वर्ष २०२०-०२१ अध्यक्ष मिठु टण्डन भण्डारीले ढुंगानाला पद हस्तान्तरण गरेकी हुन।

नया कार्यसमितिमा आइपीपीमा मिठ्ठु टण्डन भण्डारी,भिपीमा प्रभा अर्याल,सचिवमा देवी न्याैपाने,काेषाध्यक्षमा शान्ता भण्डारी,आइएसओ सुमित्रा न्याैपाने ,इडिटरमा सुशीला पाेखरेल ,एक्जुकेटीभ मेम्बरमा जमुना श्रेष्ठ र शिव राना रहेका छन् । त्यस्तै जाेइन्ट सेक्रेटरीमा गिता खनाल ,जाेइन्ट काेषाध्यक्षमा सबिता सुनार चयन भएका छन् ।

क्लवका अध्यक्ष मिठ्ठु टण्डन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष आशा श्रेष्ठ, लुम्बिनी बाणिज्य क्याम्पस प्रमुख तारा उपाध्याय, जगत पाैडेल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डीपी खनाल लगायतले बाेल्दै क्लवको सक्रियताको प्रशंसा गर्दै निरन्तरताको कामना गरेका थिए ।

तीन पत्रकार सम्मानित
क्लबको पदस्थापन कार्यक्रमकै अवसरमा बुटवलमा क्रियाशील तीन पत्रकार सम्मानित गरिएको छ । इनरह्वील क्लव अफ बुटवल मिडटाउनले पत्रकारहरु पूजा पन्थी, अस्मिना पाण्डे र कल्पना डुम्रेलाइ नगदसहित सम्मान गरेको हो । 

क्लवको गरिमा र महिमा उच्च राख्न सहयोग गरेको र समाज परिवर्तनमा उल्लेख्य योगदान पुर्याएको भन्दै उनीहरुलाइ सम्मान गरिएको क्लवका अध्यक्ष मिठ्ठु टण्डन भण्डारीले जानकारी दिइन् । उनीहरुलाई आज बुटवलमा आयोजित क्लवको पदस्थापन समारोहमा नगद,कदरपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

पन्थी दैनिक पत्र, पहिलो पोष्ट र बुटवल एफएम, पाण्डे रेडियो मुक्ति र लुम्बिनी टिभी र डुम्रे नागरिक अनलाइन,बुद्ध टेलिभिजन तथा रेडियो जागरणमा आवद्ध छन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।