July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

एमालेले सोध्यो देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण

129

फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेले २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतवार विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण सोध्दै पत्र पठाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधेका हुन्। पत्र आज पठाइएको भए पनि मिति भने ५ गतेको राखिएको छ । २४ घण्टाभित्र जवाफ दिन भनिएको छ । 

आइतवार विश्वासको मतका क्रममा नेपाल पक्षका १४ जना र ओली पक्षका ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए। विश्वासको मत दिएका ओली पक्षका ८ सांसद पनि अहिले नेपाल पक्षमा मिसिएका छन्। 

पछिल्लो अपडेट