ताजा अपडेट »

तिलाेत्तमाका १३ सहित रुपन्देहीमा ३६ संक्रमित थपिए

बुधबार, ०६ साउन २०७८, १५ : ४१
2 Shares

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३६ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १६६ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ६ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा १३ जना, बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा ९/९ जना, ओमसतिया र कञ्चन गाउँपालिकामा २/२ जना र देबदह नगरपालिकामा १ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैकाे पनि ज्यान नगएकाे कार्यालयले जनाएकाे छ । हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३२८ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।