ताजा अपडेट »

सामाजिक सञ्जालमा भाइरल भएका एकैदिनका दुई तस्वीर

बुधबार, ०६ साउन २०७८, ११ : ४१
4 Shares

बुटवल । मंगलबारदेखि सामाजिक सञ्जालमा दुई तस्वीर निकै भाइरल भएका छन् । ती हुन् नेकपा एमाले पक्षका युवाहरुले गरेको बाँदरजस्तो मुकुण्डो लगाएर गरेको प्रदर्शन (बाँदर जुलुस) र नायिका प्रियंका कार्कीले स्विमिङ्ग गर्ने क्रममा अन्य युवतीहरुसँग अर्धनग्ग अवस्थामा खिचेको तस्वीर ।

मंगलबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले बाँदरजस्तो मुकुण्डो लगाएर काठमाडौंको नयाँ वानेश्वरमा प्रदर्शन गरेका थिए । बाँदरजस्तो मुकुण्डो लगाएर गरेको प्रदर्शनको धेरैले आलोचना गरेका छन् । बाँदर प्रदर्शनको एमाले (ओलीपक्ष) का केहि नेता कार्यकताले समेत यसको विरोध भएको छ ।

उता नायिका प्रियंका कार्कीको पनि एक पछि अर्को तस्वीर भाइरल बन्दै आएका छन् । पछिल्लो समय कार्कीले युवतीहरुसँग अर्धनग्ग अवस्थामा खिचेकोे तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । कार्की गर्भवती भएदेखि राखेका तस्वीरहरुको आलोचना र समर्थन दुबै हुदैँ आएका छन् ।

‘होइन के हुँदैछ नेपालमा शरीर प्रदर्शन गरेर चर्चा कमाउन खोज्ने विख्यात होइन कुख्यात हो । राम्रो अनि हाम्रो संस्कार र संस्कृत त्यो होइन । समाजको अनुकरणीय पेशामा लीन व्यक्तित्वले यस्तो हर्कत गर्नु शोभनीय होइन । यस्तो काम गर्ने जो कोहिलाई सामाजिक बहिष्कार नगर्ने हो भने समाज विकृत दिशामा धकेलिनेछ । आउने सन्ततिले के सिक्लान ??’– धुब्र अधिकारीले लेखेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।