ताजा अपडेट »

मन्त्रीबारे निर्णय गर्न माओवादीको स्थायी कमिटी बैठक बस्दै

बुधबार, ०६ साउन २०७८, ११ : १२
2 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ।बैठकमा सरकारमा पठाइने थप मन्त्रीबारे छलफल हुने बताइएको छ। अहिलेसम्म माओवादीबाट दुईजना मात्र मन्त्री बनेका छन्। जसमा ऊर्जा, जलस्रोत तथा सिँचाईमा पम्फा भुसाल र अर्थ मन्त्रीमा जनार्दन शर्मा रहेका छन्। आजको बैठकमा पार्टीको संगठनात्मक विषयमाथि पनि छलफल हुने बताइएको छ।प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रीबारे छलफल गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।