ताजा अपडेट »

टिप्पर चालक, सहचालक र ब्यवसायीद्वारा खोपको माग

बुधबार, ०६ साउन २०७८, ११ : १०
4 Shares

बुटवल । निषेधाज्ञा र खोप कोभिड–१९ संक्रमणकै कारण लामोसमय समस्या झेलेका लुम्बिनी प्रदेशका टिप्पर चालक, सहचालक र ब्यवसायीहरुले कोभिड बिरुद्धको खोप माग गरेका छन् । सबै नेपालीलाई खोप लगाउने योजना ल्याएको सरकारलाई जनसंख्या अनुसार खोपको मात्राकै कारण निक्कै चुनौती आएको छ ।

फ्रन्टलाईन र उमेर समुहका आधारमा सरकारले खोप संचालन गरेपनि ब्यवहारमा पारदर्शिता देखिदैन । पेशा र ब्यवसाय गर्नेहरुमा पनि खोपमा विभेद भएको गुनासो आएको छ । सरकारले ट्रक चालक, सहचालकहरुलाई खोप ब्यवस्था गरेपनि टिप्पर चालक र सहचालकहरु नपर्दा उनिहरु चिन्तामा छन् । सिमेण्ट उद्योग सरकारको प्राथमिकतामा रहेको उद्योग हो । यही उद्योग संचालनमा कच्चा पदार्थ पुर्याउने टिप्पर पेशा अपनाएका चालक, सहचालक र ब्यवसायीहरु भने खोपबाट बन्चित हुनुपरेको छ ।

सरकारलाई करोडौं रुपैया करसंगै सयौ युवालाई स्वरोजगार बनाउँदै विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ढुवानी सेवामूलक व्यवसायीहरुको विषयमा सरकार गम्भिर नभएको उनिहरुको गुनासो छ । तिनाउ टिप्पर ब्यवसायी समुहका अध्यक्ष अरविन्द पाण्डेले वार्षिक १५ करोड बढी सरकारलाई कर तिर्ने आफूजस्ता ब्यवसायीहरु उपेक्षामा परेको दुखेसो गरे । कम्तीमा सबै चालक र सहचालकहरुलाई खोपको सुनिश्चितता हुनसके कामलाई निरन्तरता दिन सकिने उनी बताउछन् ।

‘हामीले १ सय ५० जनाको नामावली जिल्ला प्रशासन कार्यालय पाल्पा र २ सय ५० जनाको नामावली रुपन्देही जिल्ला प्रशासन कार्यालयमा बुझाएका थियौ ।’-उनले भने । अहिले खोप लगाउने सुचनाको नामालीमा भने केवल ट्रक चालकलाई सम्बोधन भएको उनले गुनासो गरे । ‘ट्रिपर चालक, सहचालकहरुलाई उपेक्षा गरियो ।’-उनले भने । रुपन्देहीमा करिब एक दर्जन सिमेण्ट उद्योग छन् । देशमै ५० प्रतिशत बढी सिमेण्ट उत्पादन रुपन्देहीमा छन् ।

तमन्नना मल्टि प्रपोजका प्रबन्ध निर्देशक तोया लम्सालले रुपन्देहीको सीमा नजिकै रहेका पाल्पाका खानीबाट करिब ९० प्रतिशत चुनढुुङ्गा रुपन्देहीमा भित्रिने गरेको बताए । तिनाउ टिपर ब्यवसायी समुह भित्रका ब्यवसायी ३० ढुवानी कम्पनि छन् । यसैगरि ३ सय टिपरहरुमा चालक, सहचालक कार्यरत छन् । अहिले उपलब्ध केहि चालक र सहचालक बाहिरबाट आएको हुदा अहिले कोभिडका कारण आफ्नो घरमा गएका छन् । ढुवानी कम्पनीमा काम गर्ने कर्मचारी र संचालक गरि सय जना छन् । सरकारले आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै ढुवानी व्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि खोपको निश्चितता नहुँदा टिपर संचालन गर्न समस्या परेको ब्यवसायीहरु बताउछन् ।

चैत्र, बैशाख, जेठ टिप्पर व्यवसायीको सिजन रहेको बताउँदै उनीहरुले पोहोरको जस्तै यो वर्ष पनि ठप्प हुँदा संकटमा परेको गुनासो गरे । तिनाउमा रहेका ६ वटा खानीबाट विभिन्न सिमेण्ट उद्योगमा ढुवानी गर्दै आएका उनीहरु कहिले निषेधाको फरक-फरक मापदण्डले र कहिले प्रहरी प्रशासनबाट समस्यामा पर्ने गरेका छन् । प्रति टिप्पर खरिद गर्दा ३६ लाख पर्ने र मासिक किस्ता ५० देखि ७५ हजारसम्म बैंकको किस्ता तिर्दै आएका छन् । रुपन्देहीको सीमा नजिकै रहेका पाल्पाका खानीबाट करिब ९० प्रतिशत चुनढुुङ्गा रुपन्देहीमा भित्रिन्छ । रुपन्देहीमा करिब एक दर्जन सिमेण्ट उद्योग छन् । तिनाउका खानीबाट अर्घाखाँची, सर्वोत्तम, होङ्गसी उद्योगहरुका लागि चुन लगिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।