ताजा अपडेट »

समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक : मुख्यमन्त्री पोखरेल

बुधबार, ०६ साउन २०७८, ०९ : १०
19 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बकर इद पर्वको शुभकामना दिदै समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक रहेको बताएका छन। उनले आज इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा बिज्ञप्ती जारी गर्दै शुभकामना दिएका हुन।

उनले नेपाली समाज विविधताले रंगिएको बताउदै एउटा समुदायले मनाउने पर्वमा अर्को समुदायले पनि खुशीयाली मनाउनुले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बलियो बन्ने बताए । उनले भनेका छन -'बकर इदले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । बकर इदको सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउन आवश्यक छ ।'

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जात जाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको बताउदै पोखरेलले संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर तयार हुने बताए।

साथै पोखरेलले बकर ईद पर्व मनाउँदा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी मनाउन आग्रह समेत गरेका छ्न।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।