ताजा अपडेट »

ओलीले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई के गर्लान् देउवाले ?

मंगलबार, ०५ साउन २०७८, १५ : १४
10 Shares

काठमाडौँ । निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिहरु अब के होला चासो बढेको छ ।शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले नियमित प्रशासनिक कामबाहेक ८ जेठयता भएका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । ११ देशमा राजदूतका लागि भएको सिफारिस लगायत भूमिसम्बन्धी समस्या समाधान आयोग पनि खारेज भएको छ ।

उक्त निर्णयअनुसार ओली सरकारले जेठ १ मा रूस, अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइन, अष्ट्रिया देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस रद्द भएको छ । त्यस्तै, देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी आयोग खारेज भएको छ । यसबाट केन्द्रमा १२ जना र ७७ जिल्लामा नियुक्त दुई सय ३१ पदाधिकारी हट्ने भएका छन । योसँगै आम जनमानसमा ओली सरकारले नियुक्त गरेको प्रदेश प्रमुखबारे के होला भन्ने चासो बढेको छ ।

निवर्तमान प्रधानमन्त्री ओलीले २०७४ मा आफू प्रधानमन्त्री भएलगत्तै पूर्ववती देउवा सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गरेका थिए । त्यसबेला ओलीले देउवा सरकारले नियुक्त गरेको प्रदेश प्रमुखहरु पनि हटाएका थिए । उनले त्यसबेला देउवा कामचलाउ भएपछि गरेको नियुक्ति खारेज भएको बताएका थिए ।अहिले पुनः सरकारको नेतृतवमा आएका देउवाले ओली कामचलाउ प्रधानमन्त्री भएका बेला गरेका निर्णयहरु के गर्छन होला भन्ने आमजनतामा उत्सुकता पैदा भएको छ ।

फागुन २३ गते सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले र नेपाल माओवादी केन्द्र अस्तित्वमा आएसँगै निवर्तमान प्रधानमन्त्री ओलीले माअ‍ेवादी निकट रहेका प्रदेश प्रमुखहरुलाई हटाउँदै आफ्ना निकट व्यक्तिहरु नियुक्त गरेका थिए ।त्यसबेला ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेकी थिइन । प्रदेश २ मा तिलक परियारलाई पदमुक्त गरी डा। राजेश झा ९अहिराज०लाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो । 

त्यस्तै, गण्डकी र सुदूर पश्चिममा प्रदेश प्रमुखहरु रहेका अमिक शेरचनलाई हटाउँदै सीताकुमारी पौडेल र शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै गंगाप्रसाद यादवलाई नियुक्त गरिएको थियो । हाल कांग्रेसको नेतृतवमा माओवादी केन्द्रसहित विपक्षी गठबन्धनको सरकार बनिरहँदा एमाले प्रतिपक्षमा उभिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।