ताजा अपडेट »

लियो गोल्डेन जुब्लीले सिद्धबाबामा रोप्यो तुलसी

मंगलबार, ०५ साउन २०७८, १२ : १९
2 Shares

बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको आयोजनामा हरिशयनी एकादशीको अवसर पारेर सिद्धबाबा मन्दिर बुटवलमा (तल्लो सिद्धबाबा) तुलसी रोपिएको छ। छोटो औपचारिक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष श्रीधर बस्यालले पछिल्लो समयमा युवाहरूमा धर्मकर्मप्रति आस्था हराउँदै गएको बताउँदै यसलाई जगेर्ना गर्नुपर्ने बताए। 

तुलसीको मठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने र यो स्वस्थ जीवनका लागि एकदम महत्वपूर्ण रहेकाले लोप हुन लागेको यो तुलसी सम्पूर्ण को घर घरमा लगाउन बस्यालले आग्रह गरे ।लियो जिल्ला परिषद ३२५ बि २ नेपाल एरिया ४ रिजन १८ का चियरपर्शन किरण थापाले क्लबहरूले यस्तो धार्मिक कार्यलाई प्राथामिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । सिद्धबाबा धामका पुजारीले क्लबको यस्तो पवित्र कार्यको प्रशंसा व्यक्त गरेका थिए ।

लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका वर्तमान अध्यक्ष बस्यालको अध्यक्षता रहेका कार्यक्रमको संयोजन पवित्रा भुसालले गरेकी थिइन भने सञ्चालन क्लबका सचिव महेश ज्ञवालीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।