July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

प्रचण्डको सुरक्षामा थपियाे गृहकाे मापदण्डभन्दा बढी सुरक्षाकर्मी

333

काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धि नयाँ कार्यविधि २०७७ जारी गरेपछि भीआइपीको सुरक्षाकर्मी ह्वात्तै कटाइएको थियो। गएको मङ्सिरमा सुरक्षा निर्देशिका २०७० लाई संशोधन गरेर २०७७ बनाइएको हो। त्यसलगत्तै विशिष्ट व्यक्तिका लागि खटिएका सुरक्षाकर्मीहरु फिर्ता बोलाइए।

अहिले सरकारको नेतृत्वमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका छन्। देउवा नेतृत्वको सरकारमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र समेत सामेल छ। सरकारमा गएपछि पुनः अध्यक्ष दाहाललाई डीएसपीको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ। पहिले दिँदै आएको भन्दा थप सुरक्षाकर्मी समेत पठाइएको छ। अहिले डीएसपी विनोद घिमिरेले प्रचण्डको सुरक्षा नेतृत्व सम्हालेका छन्।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवर भीआइपीको सुरक्षालाई ध्यानमा राखेर सुरक्षाकर्मी थपघट गर्नु समान्य भएको बताउँछन्। गृह मन्त्रालयको सुरक्षा मापदण्डभन्दा धेरै सुरक्षाकर्मी अध्यक्ष दाहाललाई पठाइएको छ। पूर्व प्रधानमन्त्रीलाई सशस्त्र प्रहरीका १६ जना र २ जना नेपाल प्रहरीबाट सुरक्षा दिन मापदण्डमा उल्लखे छ। त्यस्तै, पूर्व राजाको हकमा पनि यही सङ्ख्या लागू गरिएको छ। पूर्व राष्ट्रपतिलाई भने सेना समेतले सुरक्षा दिने मापदण्ड छ।

पछिल्लो अपडेट