ताजा अपडेट »

रोटरी बुटवल डाउनटाउनको वार्षिकोत्सवमा वृक्षारोपण तथा पदस्थापन

मंगलबार, ०५ साउन २०७८, ११ : ४४
6 Shares

बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले वार्षिक कार्यक्रम अन्तरगत सोमबार मिलन चोकदेखि पश्चिमाञ्चल फाईनान्सको भवनसम्मको डिभाईडरमा वृक्षारोपण गरेको छ । बुटवल उपमहानगरलाई हरियाली र सौन्दर्यकरण गराउने लक्ष्यसहित सडक डिभाईडरमा वृक्षारोपण गरिएको हो ।

क्लबका लागि वर्ष २०२१/०२२ का एजी डा. नारायण पन्थले सडक डिभाईडरमा वेगममाली फुलको बिरुवा रोप्दै उद्घाटन गरे । उनले वृक्षारोपणसँगै यसको संरक्षणमा जोड दिनुपर्ने सुझाव दिए । क्लबका अध्यक्ष जबिन कक्षपतिले नगर सौन्दर्यीकरणको काममा सरकारसँग सहकार्य अघि बढाएको बताए । सडक बिस्तारको काम नसकिँदा नगर सौन्दर्यीकरणमा ढिलाई भैरहेको उनले दुखेसो गरे । मिलन चोक क्षेत्रको सडक डिभाईडरमा ३५ वटा बिरुवा रोपिएको कार्यक्रम संयोजक शंकर ज्ञवालीले बताए । यसैगरि क्लबको आम्दा अस्पताल परिसरमा रहेको बगैँचामा स्वामीको १५ वटा बिरुवा रोपिएको उनले बताए । कार्यक्रममा सहसयोजक डिआर भण्डारी, पुर्वअध्यक्ष पिताम्बर ज्ञवाली, इलेक्ट प्रेसिडेन्ट भरत राना, कोषाध्यक्ष भानु केसी, सचिव बाबुराम बन्जाडे लगायतले वृक्षारोपण गरेका थिए ।

पद स्थापन सम्पन्न

यसैगरी क्बलको २० औ स्थापन पनि सोमबार नै सम्पन्न भएको छ । क्लबका वर्ष २०२०/०२१ का अध्यक्ष पंकज ज्ञवालीले वर्ष २०२१/०२२ का अध्यक्ष जविन कक्षपतिलाई रोटरी माला, बेल र ह्याम्मर हस्तान्तरण गरि पद हस्तान्तरण गरे । यसैगरि वर्ष २०२१/०२२ का अध्यक्ष कक्षपतिलाई आरआई डिष्ट्रिक गर्भनर नोमिनि राजेन्द्र प्रसाद ध्वजुले सपथ गराए । आरआई ३२९२ एजी डा नारायण प्रसाद पन्तले कक्षपतिलाई चार्टर सर्टिफिकेट हस्तान्तरण गरे ।

अध्यक्ष कक्षपतिले क्लबको उपाध्यक्ष शिव ज्ञवाली, सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु खत्री, निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, प्रेसिडेन्ट इलेक्ट भरत राना, प्रेसिडेन्ट नोमिनी कमला हमाल, सह सचिव निलम अधिकारी, सह कोषाध्यक्ष हरि खरेल, क्लब एडमिनिष्टेसन चेयर डिबि रायमाझी, द रोटरी फाउण्डेसन चेयर नलराज नेपाल, लगायतका पदाधिकारीहरुलाई शपथ खुवाए ।

वर्ष २०२१/०२२ का अध्यक्ष जविन कक्षपतिले समाजमा आफ्नो फरक पहिचान बनाउन संघ संस्थाहरुको महत्वपूर्ण योगदान हुने बताए । रोटरी आरआईको निर्देशनमा समाजका विभिन्न क्षेत्रमा आईपर्ने समस्याहरुमा क्लबबाट परियोजनाहरु चलाउदै आएको उनले बताए । वर्ष २०२०÷०२१ का अध्यक्ष पंकज ज्ञवालीले आफ्नो वर्षभरि सहयोग गर्ने पदाधिकारीहरुलाई सम्मान गरे । यसैगरि क्लबलाई वर्षभरि महत्वपूर्ण योगदान दिएका बाबुराम बन्जाडेलाई रोटरीयन अफ द ईयरको सम्मान पत्रबाट सम्मान गरेका छन् ।

वर्ष २०२०/०२१ का नारायण तिवारीलाई वर्ष २०२१/०२२ का कोषाध्यक्ष भानु खत्रीलाई चेक बुक तथा खाता हस्तान्तरण गरेका थिए । वर्ष २०२०/०२१ का सचिव डिवि रायमाझीले वर्ष २०२१/०२२ का सचिव बाबुराम बन्जाडेलाई मान्युड हस्तान्तरण गरे । वर्ष २०२०/०२१ का अध्यक्ष पंकज ज्ञवालीले आफ्नो कार्यकालमा १४ वटा महत्वपूर्ण परियोजनाहरु सम्पन्न गरि लक्ष्य अनुसार काम गर्न सफल भएको अध्यक्ष ज्ञवालीले बताए ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष पिताम्बर ज्ञवाली, एजी ध्रुव धिताल, श्याम बहादुर पराजुली, प्रेसिडेन्ट नोमिनि भरत रानाले नयाँ समितिबाट रचनात्मक कामलाई अघि बढाउने बताए । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुबेलाई सम्मान गरिएको थियो । यसैगरि क्लबको प्रकाशन गरिएको डाईरेक्ट्री र क्लब बुलेटिन बिमोचन गरिएको थियो । क्लबमा नयाँ सदस्यलाई परिचय, स्वागत गराउने कार्यक्रम गरिएको छ । यो वर्ष विभिन्न पेशामा आवद्ध रहेका अर्जुन पौडेल, रमेश बेल्बासे, दिपक पौडेललाई क्लबमा स्वागत गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।