ताजा अपडेट »

माधव नेपालसँगको भेटवार्तापछि प्रचण्ड बालुवाटारमा

मंगलबार, ०५ साउन २०७८, १० : ५१
6 Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलबार बिहान कोटेश्वरमामा भेटवार्ता गरेसँगै अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन् । प्रचण्ड र नेपालबीच झण्डै एक घण्टा भेटवार्ता भएको थियो । उक्त भेटलगत्तै जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव पनि कोटेश्वर पुगेका थिए ।

सरकारका सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा आज टुङ्गो लगाउने तयारी गठबन्धनका दलहरुले गरेको स्रोतको दाबी छ । विशेषगरी नेपाल पक्षलाईसमेत सरकारमा सहभागी गराउन आवश्यक कानूनी तथा राजनीतिक प्रवन्ध मिलाउन शीर्ष तहमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवाले  मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा लागेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।