ताजा अपडेट »

रोटरी तिनाउद्वारा तिलोत्तमामा वृक्षारोपण तथा डस्विन विरतण

मंगलबार, ०५ साउन २०७८, १० : ३८
8 Shares

तिलोत्तमा । रोटरी क्लब अफ तिनाउ बुटवलको आयोजनामा सोमबार वृक्षरोपण तथा डस्टबिन बितरण भएको छ । तिलोत्तमा–३ मा रहेको हाम्रो सगरमाथा आधारभुत विद्यालयमा फलफूलका बिरुवा रोपण र विद्यालयलाई आवश्यक डस्टबिन बितरण गरिएको हो ।

रोटरी जोन २८ का एजी देबि गुरुङले विद्यालय हाता भित्र फलफूलका बिरुवा रोप्नु अत्यन्तै राम्रो काम भएको बताइन् । विद्यालय प्राङ्गणमा गरिएको बृक्षरोपण कार्यक्रमले बालबालिकालाई वातावरण जोगाउन रुख रोप्नुपर्छ भन्ने भावना जगाउन सकिने गुरुङले बताइन् । गुरुङले तन मन र धन लगाएर सामाजिक सेवा गर्ने रोटरीयनहरुले वृक्ष रोपण गरेको भन्दै खुशी व्यक्त गरिन ।

विश्वमै वातावरण बचाउन र स्वस्थ्य रहन हरियाली, आवश्यक रहेको बताउदै क्लबका जि एस आर एजाज आलमले रोटरी क्लब अफ तिनाउले हरेक बर्ष आयोजना गर्ने कार्यक्रमहरु उत्कृष्ट भएको बताए । रोटरी क्लब अफ सेन्ट्रल बुटवलका प्रेसीडेन्ट होमराज बस्यालले वातावरण बचाउन र स्वास्थ सुन्दर देखाउन पनि बोट बिरुवाको धेरै महत्व रहेको बताए ।

चार्टर प्रेसिडेन्ट देबि वाग्लेले नयाँ कार्यसमितिले सपथ पछि पहिलो कार्यक्रम वृक्षरोपण बाट सुरुवात गरेको बताउदैआगामी कार्यक्रम रचनात्मक खालका गर्नुपर्ने बताइन् । क्लबका अध्यक्ष प्रतिमा भट्टराई भुसालले रोटरी तिनाउले स्थापना कालदेखि नै एडप्ट गरेको बिद्यालयमा आफ्नो कार्यकालको पहिलो कार्यक्रम गरेर बर्ष शुभारम्भ गरेको बताइन ।विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण क्षेत्री, विद्यालयका प्रधानाध्यापक घनश्याम घिमिरेले बोल्दै शिक्षा क्षेत्रमा क्लबहरुले गरेका हरेक काम उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।

भौतिक संरचना निर्माण भइरहेको ठाउँमा बिरुवाको संरक्षण पनि हुने विश्वासका साथ विद्यालयको सरसफाइ हुने र हरियाली हुने उद्देश्यले विद्यालयलाई छनोट गरिएकोमा क्लब परिवारलाई धन्यवाद व्यक्त गरे । कार्यक्रम संयोजक क्लबका सर्भिस प्रोजेक्ट चेयर पार्बती गिरिले विद्यालय परिसरमा आँप, लिची, मेवा लगायतका बिरुवा रोप्न ठाउँ उपलब्ध गराकोमा विद्यालयलाई धन्यवाद व्यक्त गरिन ।

क्लबका पुर्ब अध्यक्ष भगवती पाण्डेले तिनाउ रोटरीले विद्यालयमा स्थापनादेखि नै सहकार्य गर्दै आएको र आगामी दिनमा पनि विद्यालयको आवश्यकतालाइ हेरि कार्यक्रमहरु गरिने बताइन । कार्यक्रमको सन्चालन सचीव साबित्रा घिमिरेले गरेकी थिइन । क्लबले हरेक वर्ष विभिन्न ठाउँमा वृक्षरोपण गर्दै आएको छ ।

इलेक्ट प्रेसीडेन्ट कल्पना तिवारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा रोट्र्याक्ट क्लब अफ तिनाउका सस्थापक अध्यक्ष आस्था पाण्डे, वर्तमान अध्यक्ष साधना अधिकारी, रोटर्याक्ट क्लब रामापिथेकसका इलेक्ट प्रेसीडेन्ट बिस्णु घिमिरे, क्लबका पदाधिकारी, सदस्य तथा विद्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा फलफूलका बिरुवा र डस्टबिन क्लबका सर्भिस प्रोजेक्ट चेयर पार्बती गिरि र एडिटर सबिता निरौलाले जन्मदिनको अवसरमा स्पोन्सर गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।