July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह

117

गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घले उद्योगी/व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलले आज गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङलाई भेट्दै उक्त माग राखेको हो । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायी खोपबाट बञ्चित हुनु दुःखद भएको बताए ।

माग सम्बन्धमा स्वाथ्यमन्त्री गुरुङले सङ्घ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै यथासम्भव प्राथमिकताको आधारमा व्यवसायीलाई खोप उपलब्ध गराउन प्रदेश सरकार सकारात्मक भएको बताउनुभयो । सङ्घका प्रतिनिधिमण्डलले आजै कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पनि सोही व्यहोराको बोधार्थपत्र बुझाउँदै खोपको प्रबन्धक गर्न आग्रह गरेको छ ।

पछिल्लो अपडेट