July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

नयाँ दिल्ली गन्तव्यमा सातामा छ उडान सञ्चालन हुने

57

काठमाडौँ ।नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हुँदै आएकामा अब छ उडान हुने भएको हो । सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार अब नयाँ दिल्लीमा काठमाडौँबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ । यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्डियाले शुक्रबार उडान भर्ने गरेका थिए । अहिले दुवै एयरलाइन्सले समान तीन उडान पाएका हुन् । यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ । उडान तालिका मिलाउँदा हरेक दिन उडान सञ्चालन हुनेछ ।

पछिल्लो अपडेट