२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

साउन १५,
ग्लोबल आवाज
बुटवल । रिक्त रहेको ५ महिनापछि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नयाँ मन्त्री पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैले जिम्मावारी लिएको मन्त्रालयमा नेकपाका युवा नेता योगेश भट्टराईलाई आज दिउसो ४ बजे पद तथा गोपनियताको सपथग्रहण खुलाउने कार्यक्रम रहेको छ । वि.स.२०७४ मंसिरमा भएको निर्वाचनमा भट्टराई ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत ल्याएर विजय भएका थिए । ‘राष्ट्रपति कार्यालयलाई सपथको तयारीका लागि पत्राचार भइसकेको छ ।’ –हामीलाई जानकारी आएको छ, चार बजेका लागि तयारी गर्दैछौं, राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले भने ।

Advertisement


तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै पर्यटन मन्त्रालयको जिम्मेवारी लिएका थिए । गत फागुन महिनामा ताप्लेजुङ्को आठराई गाउँपालिकाको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएर फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परी अधिकारीको निधन भएको थियो ।

यस्तो छ योगेशको राजनीतिक यात्रा

पर्यटन मन्त्रालयको जिम्मेवारी पाउँदै गरेका भट्टराई ताप्लेजुङ्को साँघुमा २०२३ सालमा जन्मिएका हुन् । २०३७ सालदेखि अनेरास्ववियुबाट राजनीतिमा पाइला राखेका भट्टराई विद्यालयको प्रारम्भिक कमिटी, क्याम्पस कमिटी, जिल्ला कमिटी र अञ्चल कमिटी हुँदै २०५१ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएका थिए । तत्कालीन नेकपा एमाले विभाजित हुँदा नेकपा मालेतिर लागेका भट्टराई पछि पुरानै घर फर्किएका थिए । भट्टराई २०६४ सालको पहिलो संविधान निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० को दोस्रो संविधानसभाको चुनावमा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए। पछिल्लोपटक प्रतिनिधिसभाको निर्वाचनमा उनी ताप्लेजुङ्बाट उमेदवार बनेर विजयी भएका थिए।

उनको चुनावी सभामा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले भट्टराई जितेर पठाए मन्त्री बनाएर पठाउने वाचा गरेका थिए। प्रधानमन्त्री ओली र अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका भट्टराईबीचको सम्बन्ध भने ’लभ(हेट’मै रहिरह्यो सधैं। तत्कालीन नेकपा एमालेबाट विभाजित भएर नेकपा मालेमा लागेका भट्टराईले ओलीका कतिपय कदमको कडा आलोचना गर्दै आएका थिए। उनीसहितको टिमले २०५५ सालमा तत्कालीन नेकपा एमालेविरुद्ध लेखेको एउटा पुस्तक ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध’ मा ओलीलाई नराम्ररी मुछेका छन्। तत्कालीन गृहमन्त्री केपी ओलीले गाडी खरीदमा भ्रष्टाचार गरेको पुस्तकमा उल्लेख छ।

गएको निर्वाचनमा भने ओली योगेशको चुनावी सभामा सम्बोधन गर्न पुगेका थिए। तर ओली नै प्रधानमन्त्री रहँदा डाक्टर गोविन्द केसीको अनशनको विषयमा योगेशले फरक अभिव्यक्ति दिएका थिए भने पछिल्लो समय अनशनलाई सहज अवतरण गराउन पनि सक्रिय भूमिका खेलेका थिए।

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार