२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

साउन १५,
ग्लोबल आवाज
बुटवल । आज साउन १५ गते नेपालका विभिन्न ठाउँमा खिर खाएर यो पर्व मनाइँदै छ । हरेक वर्ष साउन १५ गते घर–घरमा खीर खाएर यो पर्व मनाउने प्रचल रहेको छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने परम्परागत चलन रहिआएको हो ।

सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसाद रुपमा लिइन्छ भने पारिवारिक भेटघाटमा वा विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन छ । दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन छ ।

खीरलाई स्वादिष्ट बनाउन मरिच, ल्वाङ, सुकुमेलगायत मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाईको खीर शक्तिबर्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ । असार १५ मा दही चिउरा खाँदै रोपाई गरेकाहरुले हिजोआज अलि फुर्सद भएको भनेर आज साउन १५ मा खीर खाने चलन छ । तर चिकित्सकहरुले भने धेरै मसला राखेर खीर पकाउन नहुने सुझाव दिएका छन् । स्वास्थ्यका दृष्टिकोणले मरिच, सुकेको नरिवल, दालचिनी, आदि राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त हुने उनीहरुको भनाइ छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित