ताजा अपडेट »

देउवा र मोदीबीच टेलिफोन, छिट्टै खोप उपलब्ध गराउने

सोमबार, ०४ साउन २०७८, १५ : ०४
4 Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीमा मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश्वास दिलाएको बताइएको छ । आइतबार राति देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मत पाउने बित्तिकै मोदीले बधाई दिएका थिए ।

https://twitter.com/MofaNepal/status/1417044795390763010?s=20
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।