ताजा अपडेट »

शशांक निवासमा संस्थापन इतर नेताहरुको बैठक

सोमबार, ०४ साउन २०७८, १३ : ४४
2 Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक बसिरहेको छ । महाराजगन्जस्थित महामन्त्री डा. शशांक कोइराला निवासमा सोमबार अपरान्ह बैठक सुरु भएको हो । बैठकमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह,डा. रामशरण महत, अर्जुन नरसिंह, शेखर कोइराला, प्रदीप पौडेल लगायतका नेताहरु सहभागी छन् ।आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका विषयमा छलफल केन्द्रीत भएको एक नेताले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।