ताजा अपडेट »

दुर्घटनामा परी पाकिस्तानमा २७ को मृत्यु, ३० घाइते

सोमबार, ०४ साउन २०७८, १२ : ५४
10 Shares

इस्लामावाद । पाकिस्तानमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको पञ्जाव प्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपासनजिकै भएको घटनाका कारण अरु ३० जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

तिव्र गतीमा आएको बस ट्याक्टरको पछिल्लो भागसँग ठोक्कीदाँ दुर्घटना भएको घटनास्थलमा पुगेका प्रहरीहरुले जनाएका छन् । घटनाका बारेमा थाहा पाउनासाथ प्रहरी र उद्धारकर्ताहरु घटनास्थलमा पुगेका थिए । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा भर्ना गरेर उपचार भइरहेको जनाइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।