ताजा अपडेट »

तापसी आफैले गर्दैछिन् फिल्म 'ब्लर' निर्माण, नैनीतालमा सुरु भयो छायाँकन

सोमबार, ०४ साउन २०७८, १२ : ४७
4 Shares

एजेन्सी । बलिउड अभिनेत्री तापसी पन्नुको फिल्म 'ब्लर' को छायाँकन सुरू भएको छ। नैनीतालमा फिल्म निर्माण टिमले 'ब्लर' को सुटिङ सुरू गरेको हो।यस फिल्ममा तापसीका साथै अभिनेता गुलशन देवैयाको मुख्य भुमिका रहेको छ। अभिनेता गुलशनले फिल्मको छायाँकन सुरू भएको ट्वीटरमार्फत जानकारी दिएका हुन्।

तीनदिनअघि मात्रै तापसीले आफ्नो प्रोडक्शन हाउस सार्वजनिक गरेकी थिइन्। जसको नाम ‘आउटसाइडर्स फिल्मस्’ हो। त्यसैदिन तापसीले आफ्नै ब्यानरबाट फिल्म 'ब्लर' निर्माण गर्ने घोषणा समेत गरेकी थिइन्।थ्रिलर फिल्म 'ब्लर' लाई अजय बहलले निर्देशन गर्नेछन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।