२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्को बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला परेको हो । उनले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए ।

यसैगरी अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको बुढो गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढेको अवस्थामा भाले गैँडा भेटिएको हो । ती गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उनले दुबै प्राकृतिक कारणले मरेको बताए । गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी शिकारीले निकुञ्जमा ३२ गैँडा मरेका थिए । अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो