ताजा अपडेट »

अल्पमतमा हुदाँ पनि मुख्यमन्त्री पदमै टाँसिए : पूर्वमन्त्री बराल 

सोमबार, ०४ साउन २०७८, १२ : ४२
4 Shares

बुटवल। लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित प्रदेश सांसद सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएपछि पदमा रहन नमिल्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका थापाले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलको पक्षमा मात्र ३८ जना सांसद रहेकोले पदमा नटाँसिएर स्वत मुख्यमन्त्रीको पद त्याग्नुपर्ने बताएका हुन् ।

“लुम्बिनी प्रदेशमा अहिले कुल ८३ जना सांसद रहेका छन् ।” पूर्व मन्त्री बरालले भने, “बहुमत पुग्नका लागि ४२ जना सांसद चाहिन्छ, जून मुख्यमन्त्री पोखरेलसँग नभएकोले उनले गएको बैशाख २९ गते नैतिकताको आधारमा पद छाड्नुपर्दथ्यो।” नैतिकताको आधारमा मुख्यमन्त्री पद नछाडेपछि कानुनी हिसाबले र राजनितिक हिसाबले प्रतिवाद गरेर अब छिट्टै पदबाट हटाउने पनि उनले बताएका छन् ।गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका नेता अशोक कुमार थापाको शोकका लागि गुल्मी आएको अवसरमा प्रेस संगठन गुल्मीले गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।