ताजा अपडेट »

होन्डा ग्राजिया अब बिएससिक्स मोडलमा

सोमबार, ०४ साउन २०७८, ११ : ५९
8 Shares

बुटवल । होन्डा ग्राजीया अब बिएससिक्स मोडलमा बजारमा आएको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी लिमिटेडले नेपाली बजारमा होन्डा ग्राजीया अब बिएससिक्स मोडललाई लन्च गर्ने निर्णय अनुसार भैरहवा रूपन्देहीको लागी आधिकारिक डिलर सिद्धि विनायक अटो इनटरनेशनल प्रालिले पनि आफ्नै स्वरूममा एक कार्यक्रमका बिच लन्च गरेको छ ।

सिद्धार्थनगर नगरपालिका ८ अध्यक्ष राजन जंग राणाले लन्च गरेका हुन्। सिद्धि विनायक अटो इन्टरनेशनल प्रालिले स्कुटरको लन्चिङ लगत्तै विक्री समेत गर्न थालेको छ। आकर्षक र स्टाइलिस लुक रहेको यस १२५ सिसि नयाँ बिएससिक्स मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको कम्पनीले जनाएको छ। 

१५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर रहेको छ । यसबाट स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिनेछ । होण्डाको प्राेग्राम फ्यूल इन्जेसन टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको कम्पनीको दाबी छ। 

नेपाली बजारमा ग्राजिया बिएससिक्स डिआरएस मोडलको मूल्य सिमित अवधिका लागी २ लाख ६९ हजार ९ सय र ग्राजिया बिएससिक्स डिएसएस मोडलको मूल्य २ लाख ८९ हजार ९ सय रहेको सद्धि विनायक अटो इन्टरनेशनल प्रालीका कार्यकारी निर्देशक सुरज क्षेत्रीले जानकारी दिए । उनले आज खरीद गर्ने ग्राहकहरुका लागी नगद छुट र आकर्षक गिफ्ट ह्याम्पर समेत रहेको बताए। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।