ताजा अपडेट »

बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

सोमबार, ०४ साउन २०७८, १० : ५७
4 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँ रहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।