ताजा अपडेट »

आज साउनको पहिलो सोमबार, पश्चिमको पशुपति बोलबम सहित अन्य शिबमन्दिरमा भक्तजनको घुईचो

सोमबार, ०४ साउन २०७८, ०६ : २७
4 Shares

बुटवल । आज श्रावणको पहिलो सोमबार । साउन महिना शिवको महिना पनि भनिन्छ । यस महिना शिवको पूजा–आरधना गर्दा अन्य महिनाको तुलनामा धेरै पुण्य मिल्ने विश्वास छ । साउनमा पनि सोमबार विशेष मानिन्छ ।यसै क्रममा यस क्षेत्रका शिवालयहरुमा बिहानैदेखि श्रद्धालु भक्ततजनहरुको घुइँचो लागेको छ । स्यम् उत्पत्तिमान एकमात्र बोलबमधाम पर्रोहा बोलबमधाम, मुक्तिधाम, सिद्धबाबा धाम,लगाएतका शिवालयहरुमा भक्तजनको भिड लागेको हो । कोभिडको महामारी भएपनी भक्तजन भने मन्दिरहरुमा पुगेका छन।मन्दिरहरु हिजो बेलुका नै सजाईएका थिए।

भगवान् शिवको प्रिय महिना साउन र प्रिय बार सोमबार मानिन्छ । यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । मुलुकभरका शिवालयमा साउन ६ गते पहिलो सोमबार परेको छ । यो महिना र दिन शिवको स्तुति मानव तथा चराचर जगत्का लागि निकै कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रहिआएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।