ताजा अपडेट »

विश्व आदिवासी दिवसमा साताव्यापी कार्यक्रम

बुधबार, १५ साउन २०७६, ११ : ४३
4 Shares

साउन १५,
ग्लोबल आवाज
बुटवल । विश्व आदिवासी जनजाति दिवसको अवसरमा आदिवासी जनजाति महासंघ रुपन्देहीले साताव्यापी कार्यक्रम गर्ने भएको छ । ‘पहिचान, सह–अस्तित्व र अधिकार’ भन्ने मुल नाराका साथ आगामी साउन २४ गते विश्वभरका आदिवासीहरुले मनाउन लागको २५ औं आदिवासी दिवसका शन्दर्भमा महासंघले बुधबार पत्रकारसम्मेलन गरी साता व्यापि कार्यक्रमबारे जानकारी गराएको हो ।


साताव्यापी कार्यक्रम अन्तरगत साउन १७ गते ‘ स्थानीय तहको बजेटमा लक्षित वर्गको अवस्था र बहुच’ विषयक अन्तरक्रिया गर्ने, १८ गते लुम्बिनी प्रादेशीक अस्पतालमा फलफूल वितरण, १९ गते विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, २० गते ड्राइभरटोलदेखि गोलपार्क हुँदै थकालि सेवा समाजको भवनसम्म भ्रष्टाचार विरुद्ध हाफ म्याराथन प्रतियोगिता तथा २२ गते रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरिने महासंघ अध्यक्ष शंकर गाहामगरले जानकारी गराए ।

विश्व आदिवासी दिवसका दिन साउन २४ गते बुटवल बहुमुखि क्याम्पसबाट विहान १० बजे र्याली सुरुभई बुटवल मण्डपमा समापन तथा विशाल सभाको आयोजना गरिने जानकारी गराइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।