ताजा अपडेट »

बुटवलका उत्सव अमेरिकाको ‘फिचर फोटो’ प्रतियोगिताको क्वार्टर फाइनलमा

आइतबार, ०३ साउन २०७८, १८ : १६
6 Shares

बुटवल । बुटवलका ३५ वर्षिय युवा अमेरिकाको प्रतिष्ठित पत्रिका मसल्स एण्ड फिट्नेसद्वारा आयोजना गरिएको ‘फिचर फोटो’ प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । यस अघिनै नेचुरल बडिबिल्डिङ्गमा दुई वटा स्वर्ण पदक जितेका नेपाली युवा उत्सवले यो प्रतियोगिता पनि जित्न र प्रतिष्ठित पत्रिका मसल्स एन्ड फिट्नेसको फिचर फोटोमा आउनका लागि आफूलाई भोट गर्न नेपालीहरुमा अपील गरेका छन् । त्यसैगरी बुटवलबाट उनका पिता महेन्द्र बहादुर सिंहले पनि उत्सवलाई भोटगरी जिताउन र नेपालीको शान बढाउन आग्रह गरेका छन् ।

प्रोफेसनल नेचुरल बडिबिल्डिङ एसोसियसन (पीएनबीए) का दुई स्वर्ण विजेता उत्सव सिंहले प्रतिष्ठित पत्रिका मसल्स एन्ड फिट्नेसको फिचर फोटो प्रतियोगितामा हालसम्म सर्वाधिक मत प्राप्त गर्दै आएको उनका पिता सिंहले बताए । जुलाई १५ तारिखमा भएको चरणमा अत्यधिक मत प्राप्त गरी क्वार्टर फाइनलमा प्रवेश गरेको उनले बताए । आगामी जुलाई २२ तारिखमा हुने फाइनलका लागि उनले भोटका लागि आग्रह गरेका छन् ।

अनलाइन भोटिङ सिस्टम रहेको हुँदा नेपाल,अमेरिका लगाएत विश्वबाट उनलाई अनलाइन भोट गर्न सकिन्छ । नेपालबाट प्रतिनिधित्व गरेका उनले सेमिफाइनल र फाइनल राउण्ड जित्नका लागि भोटको आवश्यकता रहेको छ । उत्सवले प्रतियोगिता जितेमा मसल्स एन्ड फिटनेसको फिचर फोटोमा आउनका साथै २० हजार अमेरिकी डलर पनि पुरस्कारस्वरुप पाउनेछन् ।
पुरस्कार वापत प्राप्त गर्ने रकमबाट केहि रकम उत्सवले नेपालका बाढी प्रभावित र कोभिड प्रभावित नेपालीलाई सहयोग गर्ने बताएका छन् । बुटवल–६ ट्राफिक चोक घर भएका सिंह परिवारका कान्छा छोरा हुन् । बुटवलकै न्यू होराइजनबाट उनले विद्यालय स्तरको अध्ययन गरेका थिए ।

उनलाई भोट गर्नका लागि https://featured.muscleandfitness.com/2021/utsav-sing लिंकमा गई निःशुल्क भोट गर्न सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।