ताजा अपडेट »

चुक्लीका सिँढी चढ्नेहरु

आइतबार, ०३ साउन २०७८, १६ : ०५
2 Shares

गए जमाना मिलिजुली प्रोसेसमा काम गर्ने
आए जमाना उनिहरुकै प्रोसेसमा काम गर्ने
रुढीवादी पदवी पाइने पद्धतिमा काम गर्दा
सर्वत्र अग्रगामी ठहरिने, उनिहरुको पहुँचमा पर्दा

नेताहरु कर्मचारी, कर्मचारी बन्दै जाने नेता
सहजै हुने काम कार्बाही, भन्ने उता उता
विद्यानहरु बुझ्नु छैन कुनै, मान्नै पर्ने उनकै
फलामे चिउँरा चपाउँदै, दिनै पर्ने सगुन सुनकै
ढङ्ग छैन सीप छैन, कुरा उनकै ठूला–ठूला
भएको ईज्जत, ईमान बेच्नै पर्ने खुलम्–खुल्ला
गर्ने हुन के–के हो के–के ? सुधारका खाता
संकेत हो विहानीको लम्काएका लामा हात

चूनौतीहरुका चुरी–फुरी कति हुन चम्केका ?
च्यूरो कुरो उनैका धूरीमा कति हुन लम्केका ?
भुल्दै मुख्य कुरा चुस्कीसँगै चुप–चाप साट्नेहरु
चुलिदै कहाँ पुगे ? चुक्लीका ती सिँढी चढ्नेहरु

– लेखक भनभने गुल्मीको इस्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुन हुन् । उनले विद्यार्थी जीवनकालदेखि नै साहित्य क्षेत्रमा बिष्णु भनभनेलीका नामबाट साहित्य क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।