२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

बुटवल । रूपन्देहीमा हाल १ सय ४८ जना कुष्ठरोगीहरू उपचाररत रहेका छन्। नेपाललाई कुष्ठरोग मुक्त बनाउने अभियान चलेपनि रूपन्देहीमा अझैपनि बिरामीहरू देखिईरहेको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ। आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यालयका कुष्ठरोग फोकल पर्सन टिकाराम अधिकारीले जिल्लामा कुष्ठरोगीहरूको संख्या घटाउन पहल भइरहेको बताए। कुष्ठरोगमुक्त जिल्ला घोषणा गर्नको लागि प्रतिदशहजार १ भन्दा कम ब्यक्तिमा रोग हुनुपर्ने भएपनि जिल्लामा १.३७ प्रतिदशहजार रहेकोले मुक्त भइनसकेको बताए। 

द ल्प्रोसी मिसन नेपाल, युकेएड र स्वास्थ्य कार्यालय रूपन्देहीको आयोजना एवं पत्रकार महासंघ रूपन्देहीको समन्वयमा पत्रकारहरू लक्षित कुष्ठरोग अभिभुखिकरण कार्यक्रममा बोल्दै उनले सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ३१ जना रहेको बताए। 
यस्तै जिल्लाको तिलोत्तमा नगरपालिकामा २९ जना, देवदह नगरपालिका र रोहिणी गाउँपालिकामा मा १२ जना, सिद्धार्थनगर नगरपालिकामा ११ जना, कञ्चन गाउँपालिकामा ९ जना, सम्मरीमाई र शुद्धोधन गाउँपालिकामा ६/६ जना बिरामीहरू रहेको उनले जानकारी दिए। 

उनले अझैपनि कुष्ठरोग श्रापकै कारणले लाग्छ भन्ने पुरानो मानसिकताले कुष्ठरोगी नखुलेको बताउँदै उनले यो रोग उपचार गरेमा निको हुने बताए । कार्यक्रममा द ल्याप्रोसी  मिसन नेपालका रूपन्देही र कपिलवस्तु संयोजक सुदीप नेपालले कुष्ठरोगको पहिचानको बारेमा जानकारी गराएका थिए। 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार