ताजा अपडेट »

झाँक्री भन्छिन्: ‘२३ जना निवेदककर्ताले प्रधानमन्त्रीलाई भोट हाल्नु कर्तव्य नै हो’

आइतबार, ०३ साउन २०७८, १३ : २२
14 Shares

बुटवल । नेकपा एमाले माधव नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु २३ सांसदको कर्तव्य भएको बताएकी छिन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाले आज विश्वासको मत लिने भए पछि देउवालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर गरेका एमालेका २३ सांसदले के गर्लान भन्ने चासो बढेका बेला झाँक्रीले सो कुरा बताएकी हुन् ।‘ हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।’–उनले भनिन् ।

‘हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।’–उनले भनेकी छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।