ताजा अपडेट »

कार्यदलका सदस्य पाेखरेलले भने : तीन महिनाको मेहनेत खेर गयो

आइतबार, ०३ साउन २०७८, १३ : ०२
4 Shares

बुटवल। नेकपा एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले ३ महिनाकाे एकताकाे लागि गरेकाे मेहनत खेर गएकाे बताएका छन्।कार्यदलका सदस्यहरु र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटका क्रममा नेता नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाए पछि एमाले स्थायी कमिटी सदस्य पोखरेलले फेसबुक मार्फत यस्ताे लेखेका हुन्।उनले फेसबुकमा लेखेका छन् ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनेत खेर गयो ।’

कार्यदलमा रहेका नेताहरुले शनिबार अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । एमाले विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलले असार २७ गते पार्टी एकताका लागि १० बुँदे सहमति गरेको थियो। तर सहमति भएदेखि नै उक्त सहमतिप्रति नेता नेपालले असन्तुष्टि जनाएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।