ताजा अपडेट »

आर्थिक अनुसन्धान केन्द्र बुटवलको अधिवेशन

आइतबार, ०३ साउन २०७८, १२ : १६
4 Shares

बुटवल। गैर सरकारी, गैर नाफामूलक संस्था, आर्थिक अनुसन्धान केन्द्र ,नेपाल बुटवल ११ रूपन्देहीको पहिलो साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष हुमराज भुसालको अध्यक्षता र सचिव बालकृष्ण आचार्यकाे सञ्चालनमा सम्पन्न भएको हो।

देशको अर्थतन्त्रको विविध पक्षमा खोज अनुसन्धान गरि देशको विकासमा नयाँ नयाँ नमुनाहरूका बारेमा सम्बन्धित पक्षलाई नीति निर्माण कार्यमा सहयोग पुराउने उद्देश्यले संस्था  स्थापना भएको अध्यक्ष भुसालले जानकारी दिए। कार्यक्रममा प्रगति विवरण तथा भावी कार्यक्रमका बारेमा संस्थाका अध्यक्षले जानकारी गराएका थिए । कोषाध्यक्ष अमर डिसीले संस्थाकाे आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए। 

संस्थाको विधान अनुसार आगामी ३ वर्षका लागि अध्यक्ष हुमराज भुसालको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरिएको छ । जसमा उपाध्यक्ष प्रशान्त रावल, सचिव अमर डि सि , कोषाध्यक्ष जीवन परियार , सदस्यहरू राजेन्द्र भुसाल, यमबहादुर कार्की , भोजराज पंगेनी , बिनोद बेलबासे, र बालकृष्ण आचार्य रहनु भएको छ। संस्थाका सल्लाहकारमा प्रा डा बाबुराम ज्ञवाली, प्रा डा रामचन्द्र आचार्य र गुलाब धवल रहेका छन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।