९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

गलकोट । गत आर्थिक वर्षमा बागलुङमा १२ हजार एक सय सवारीसाधान कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु ६७ लाख ७३ हजार ५०० राजश्व सङ्कलन भएको छ । ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारीसाधानबाट राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख तथा प्रहरी सहायक निरीक्षक बद्रीनाथ शर्माले जानकारी दिए । “गाउँदेखि शहरसम्म व्यापक मात्रामा ट्राफिक नियमको उल्लङ्न भइरहेको छ”, उनले भने, “यसलाई थप व्यवस्थित बनाउन लागिपरेको छु ।”

कारवाहीमा परेकामध्ये सबैभन्दा बढी कार, जीपका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा परेका पाँच हजार १४१ कार जीपबाट रु २७ लाख ६३ हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ । यसैगरी सो अवधिमा कारवाहीमा परेका तीन हजार ८६८ मोटरसाइकलबाट रु २३ लाख नौँ हजार ५०० राजश्व सङ्कलन भएको छ । त्यस्तै गत आर्थिक वर्षमा कारवाहीमा परेका एक हजार ३६९ ट्याक्टरबाट रु सात लाख ३६ हजार ५००, एक हजार २६० ट्रकबाट रु सात लाख १३ हजार ५००, ४५३ बसबाट रु दुई लाख ४४ हजार गरी ६७ लाख ७३ हजार ५०० र अन्य नौँ वटा साधानबाट छ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख शर्माले बताए ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी कारवाहीबाट गत आर्थिक वर्षको साउनमा रु दुई लाख ८३ हजार, भदौमा रु तीन लाख २२ हजार ५००, असोजमा रु ६ लाख तीन हजार ५००, कात्तिकमा रु ६ लाख एक हजार ५००, मङ्सिरमा रु ६ लाख ६७ हजार ५००, पुसमा रु सात लाख दुई हजार ५००, माघमा रु सात लाख २३ हजार ५००, फागुनमा रु सात लाख ४८ हजार ५००, चैतमा रु सात लाख ५१ हजार, वैशाखमा रु पाँच लाख ५४ हजार, जेठमा रु तीन लाख १० हजार ५०० र असारमा रु पाँच लाख पाँच हजार ५०० राजश्व सङ्कलन भएका छन् । ट्राफिक प्रहरीले सबैभन्दा बढी राजश्व चैत महिनामा सङ्कलन गरेको छ । चैत महिनामा रु सात लाख ५१ हजार सङ्कलन गरेको छ भने सबैभन्दा कम साउन महिनामा गरेको छ । साउन महिनामा दुई लाख ८३ हजार मात्रै राजश्व सङ्कलन भएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दसैंका लागि दार्चुलामा खाद्यान्न पठाइने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी