ताजा अपडेट »

रेनल्टको ‘काइगर कार’सार्वजनिक

आइतबार, ०३ साउन २०७८, १२ : १०
2 Shares

भैरहवा । रेनल्टको लागि भैरहवा र यस आसपासको लागि आधिकारीक बिक्रेता भैरहवा अटो कम्पनीले न्यू रेनल्ट काइगर सार्वजनिक गरेको छ।आइतबार भैरहवामा एक कार्यक्रमको आयोजना गरि कम्पनीले उक्त नयाँ मोडलको कार सार्वजनिक गरेको हो ।

एसयूभी बर्गको यो कारको स्पोर्टी लुक रहेको र रेनल्टकै यस अघिका एसयूभी डस्टर र क्याप्चर भन्दा केहि सानो आकारको रहेपनि इन्जिन र शक्तिमा उनिहरु जस्तै रहेका कम्पनीका सर्विस इन्जिनियर बिरेन्द्र गुप्ताले जानकारी दिए । १ हजार सिसि क्षमता रहेको यो कारको ग्राउण्ड क्लियरेन्स २ सय ५ एमएम रहेको गुप्ताले जनाए । यस्तै ४ सय ५ लिटरको बुस्ट स्पेस रहेको उनले बताए ।

आजदेखि बिक्री सुरु भएको यो गाडीको मूल्य २८ लाख ४९ हजार देखि सुरु भै ३८ लाख १९ हजारसम्म रहेको कम्पनीका सन्चालक घनश्याम यादवले जनाए । कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष नेत्र प्रसाद आचार्यले पछिल्लो समय भैरहवामा अटोमोबाइल कम्पनीहरुले फडको मारेको बताए । पहिला गाडीहरु लिन परे काठमाडौ सम्म धाउनु परेको अवस्था रहेकोमा अहिले त्यो परिस्थिति सकिएको उनले बताए ।

उनले लुम्बिनी प्रदेशको नाममै अब गाडीहरु दर्ता गर्ने प्रकृया अगाडि बढाउन सञ्चालकहरुलाइ आग्रह गरे । देश संघीयतामा गै सके पनि अहिलेसम्म बागमती प्रदेशकै नाममा दर्ता हुँदै आएको पारिपाटी फेर्नुपर्ने उनले बताए । कम्पनीका सन्चालक घनश्याम यादवको अध्यक्षता, सिद्धार्थ उध्योग बाणिज्य संघका उपाध्यक्ष नेत्रप्रसाद आचार्यको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन डार्बिन रोक्का मगरले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।