ताजा अपडेट »

घट्यो सुनचाँदीको मूल्य

आइतबार, ०३ साउन २०७८, ११ : ५५
2 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन आइतबार तोलामा ६ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार १ सय रुपैयाँ रहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा २५ रुपैयाँले घटेर एक हजार २९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।