ताजा अपडेट »

श्रीलंका र भारतबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि

आइतबार, ०३ साउन २०७८, ११ : २४
2 Shares

बुटवल। श्रीलंका र भारतबीचको एकदिवसीय क्रिकेटको श्रृंखला आजदेखि श्रीलंकामा सुरु हुँदै छ । श्रृंखलाअन्तर्गतको पहिलो खेल आज दिउँसो नेपालीसमयअनुसार सवा ३ बजेदेखि सुरु हुनेछ ।भारतीय टोली हाल दुई समूहमा विभाजित छ । एक टोली इंग्ल्यान्डसँगको टेस्ट श्रृंखलाको लागि उतै छ भने अर्को टोली सिमित ओभरको श्रृंखलाका लागि श्रीलंका पुगेको छ । श्रीलंका भ्रमणमा रहेको टोलीको कप्तानी शिखर धवनले गर्दैछन् ।

यता श्रीलंका क्रिकेट टोलीको कप्तानी दशुन शनकाले गर्दैछन् । पछिल्लो समय श्रीलंकन टोली त्यति लयमा देखिएको छैन । भर्खरै मात्र इंग्ल्यान्ड भ्रमणबाट फर्किएको श्रीलंकाले त्यहाँ भएका ६ खेलमा एक खेल पनि जित्‍न सकेन ।एकदिवसीय क्रिकेटको विश्‍व वरियतामा भारत चौथो स्थानमा छ भने श्रीलंका नवौं स्थानमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।