ताजा अपडेट »

‘मेरी बास्सै’की ‘चम्सुरी’ को दुवै मृर्गौला फेल, तत्काल प्रत्यारोपण गर्नुपर्ने

आइतबार, ०३ साउन २०७८, ११ : २३
8 Shares

बुटवल । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । कलाकार तथा नजिककी साथी दिपाश्री निरौलाका अनुसार पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन् ।

डंगोलको दुवै मिर्गौला फेल भएको छ । उनमा केही अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको थियो । सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।

कलाकार दीपाश्रीका अनुसार उनले मिर्गौला समस्याका कारण केही समयदेखि डायोलोसिस गर्दै आएकी थिइन् । अहिले भने डायोलोसिस गर्न समेत समस्या परेकोले डाक्टरले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । दीपाले पल्पसाको अवस्थाको बारेमा आफ्नो सामाजिक संजाल फेसबुकबाट समेत सार्वजनिक गरेकी छन् । जसमा उनले स्वास्थ्य लाभको कामना गर्न र सहयोग गर्न समेत अनुरोध गरेकी छन् ।

निरौलाका अनुसार पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन् । पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीहरुसँग बस्दै आएकी छन् । कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन् । उनका छोरीहरु कमाउन सक्ने भइसकेका छैनन् । काठमाडौंको बालाजुमा पल्पसाको घर छ । मिर्गौला प्रत्यारोपणका लागि ठूलो खर्च लाग्ने भएकाले आर्थिक सहयोगको अह्वान गरिएको छ ।

विगत १३ वर्षदेखि नियमित रुपमा ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी उनले अन्य केही सिरियल, म्युजिक भिडियो लगायत अभिनय निर्देशन समेत गरेकी छन् । उनकै निर्देशन अभिनय रहेको सिआइडी सिरियल ‘दृष्टि’ समेत दर्शकले रुचाएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।