ताजा अपडेट »

जसपा विवाद मिलाउन निर्वाचन आयोगको इजलास बस्दै

आइतबार, ०३ साउन २०७८, ११ : ०७
2 Shares

काठमाडौं । विवादित जनता समाजवादी पार्टी (जसपा) को आधिकारिताबारे टुंगो लगाउन निर्वाचन आयोगले गठन गरेको इजलास आज बस्ने भएको छ। जसपाको आधिकारिकता सम्बन्धी विवाद मिलाउन असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा गठित पाँच सदस्यीय इजलास गठन गरिएको थियो। उक्त इजलास आज ११ बजे बसेकाे छ ।निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पक्ष विपक्षको बहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने छ । यो इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने छ। जसपाको उपेन्द्र-बाबुराम र महन्थ-राजेन्द्र पक्ष दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन्।

जसपाको महन्थ-राजेन्द्र पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिंदै सरकारमा सहभागी भएको थियो भने उपेन्द्र-बाबुराम पक्ष ओलीविरुद्ध बनेको विपक्षी गठबन्धनमा सहभागी भएको थियो ।उपेन्द्र-बाबुराम पक्ष विपक्षी गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारमा सहभागी हुने स्पष्टसमेत पारिसकेको छ।सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुन ७ मन्त्री र १ राज्य गरी ८ जना मन्त्रीको दाबी गरेको छ।प्रधानमन्त्रीबाहेक २४ मन्त्री बनाउन मिल्ने संवैधानिक व्यवस्था रहेकाले गठबन्धनका सबैले बराबर पाउनुपर्ने जसपाको तर्क छ।सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमाले वरिष्ठ नेता माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चा रहेका छन्।

राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागि नुहने निर्णय गरिसकेको छ। एमाले नेपाल समूह पनि अहिले तत्काल सरकारमा जाने पक्षमा छैन।अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट २ र कांग्रेसबाट २ जना गरि ४ जना मन्त्री बनाएका छन्। बाँकी २० मन्त्रालयमा भागबण्डा लाग्न बाँकी छ।जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईका अनुसार पार्टीको तत्काल कायम ३५ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको जानकारीसमेत दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।