२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

मनाङ । गत जेठ ३१ रातिदेखि मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले असार १ गते हिमाली जिल्ला मनाङको तल्लो भाग डुबानमा पर्यो । जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्णरूपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको छ । नासोंका धेरै भाग डुबान र पहिराका कारण भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ ।

Advertisement

त्यस्तै मनाङको सदरमुकाम चामेमा बाढीले पाँच घर डुबायो । सदरमुकाममा नै रहेको तातोपानी बगायो । घट्टेखोलामा आएको बाढीले पनि पाँच घर बगायो । मस्र्याङ्दी नदीको किनारमा धेरै बस्ती रहेकाले नदीको सतह बढेपछि डुबानमा पर्नुका साथै कटानले भौतिक संरचना बगाएको छ । मनाङवासीको घर पनि बगाएपछि उनीहरू एक महिना हुँदासम्म त्रिपालमुनि बस्न बाध्य भएका छन् ।

चामेकी स्थानीयवासी सीता गुरुङ लगातार पानी परेपछि आएको बाढीले घर बगाएको र घर बगाएपछि बास र गाँसको समेत समस्या रहेको बताउँछिन् । “बाढी पहिराले घर बगाएपछि एक महिनासम्म त्रिपालमा बास बस्न बाध्य भएका छौँ, लगातार पानी पर्न नरोकिँदा त्रिपालबाट पनि पानी चुहिन थालेको छ, मनाङ चिसो ठाउँ न हो, सुत्ने ठाउँमा पानीले रुझ्ने र ओढ्ने, ओछ्याउने कपडा नहुँदा समस्या भएको छ”, सीता भन्छिन् ।

लामो समयदेखि लगातार वर्षा हुँदा मनाङवासीलाई त्रिपालको बास बनाएको छ । त्रिपालमा बस्नसमेत पानी चुहिने, सुत्दा ओढ्ने ओछ्याउने न्यानो कपडा नहुँदा अर्को रोगको समस्या देखिनसक्ने अवस्था छ । निरन्तरको वर्षाले त्रिपालमा पानी जमेर चुहिने भएपछि बाढीपहिरा पीडित सङ्कटमा परेका छन् ।

पहिले मनाङमा यति ठूलो बाढीपहिरो आएको थाहा नपाएको स्थानीयवासी छिरिङ दोर्जे लामाले बताए । यस वर्ष मस्र्याङ्दीमा आएको बाढीले मनाङलाई तहसनहस बनाएको उनले बताए । बाढी आउँदा बालबालिकालाई बचाए पनि घरमा रहेको खाद्यान्न, धन सम्पत्ति, प्राविधिक सामग्री निकाल्न नभ्याउँदा अन्यत्र आश्रय पाएको ठाउँमा ओढ्ने र ओछ्याउने कपडा नहुँदा समस्या भएको लामा बताउँछन् ।

यस वर्षको मनसुन शुरु हुनासाथ हिमाली जिल्ला मनाङ दैवी प्रकोपमा परे पनि सरकारले चासो नदिएको मनाङवासीको गुनासो छ । मनाङलाई सरकारले छुट्टै देश जसरी व्यवहार गरी आवश्यक सहयोगसमेत नगरेको उनीहरुको भनाइ छ । विपद्को समयमा समेत उचित राहत र विस्थापित मनाङवासीलाई सरकारले सहयोग नगरेको उनीहरु बताउँछन् ।

बाढीपहिरा पीडितलाई त्रिपालसँगै आवश्यक न्यानो कपडा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । चिसोमा सबैलाई आवश्यक सहयोग प्रदान गरिएको उहाँको भनाइ छ । यद्यपि मनाङवासी बाढीपीडित भने चिसोमा कठ्याङ्ग्रिएर सुत्नुपर्ने अवस्थामा समेत सरकारसँग सहयोग अपिल नगरिएको बताउँछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर